फुडमाण्डुको सेवा बिस्तार : ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ सञ्चालनमा

काठमाडौँ । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरूको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ थप गरेको घोषणा गरेको छ ।

यस ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ मार्फत ग्राहकहरूले राती १२ः०० बजेसम्म आफ्नो मनपर्ने खाना अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस सेवाका बारेमा बोल्दै फुडमाण्डुकी ब्राण्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन् ‘हामी हाम्रा ग्राहकहरूको जीवनशैली र आवश्यकता अनुसार हाम्रा सेवाहरू पनि थप गर्दै गइरहेका छौं । हामीले हाम्रा ग्राहकहरूको आवश्यकता बुझेर मध्यरात्रि फुड डेलिभरी सेवा थप गरेका हौँ।’

उनका अनुसार सुरुवाती चरणमा, यो सेवा काठमाडौं उपत्यकाको रिङ्गरोड र वरिपरिका क्षेत्रहरूमा उपलब्ध छ । यसले ग्राहकहरूको मागलाई पुरा गर्ने तथा फुडमाण्डुको सेवामा समेत वृद्धि ल्याउने अपेक्षा गरिएको छ । आगामी दिनहरूमा काठमाडौंको अन्य ठाउँहरूमा पनि यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री