काठमाडौं । नेपालमा ओपन–सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवर्द्धनका लागि उबुन्टु र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रबीच औपचारिक साझेदारी भएको छ।
आइतबार राजधानी काठमाडौमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको उब–कन एशिया २०२५ भर्चुअल सम्मेलन आगामी भदौ १३–१४ मा आयोजना हुने हुने उल्लेख गरिएको छ ।
सो अवसरमा दुवै संस्थाबीच सहमति पत्र मा हस्ताक्षर भएको छ। उबुन्टु नेपालका तर्फबाट आदित्य सिंह, उबु–कन एशिया २०२५ आयोजक समितिका प्रमुख, र सीएसआरआईका तर्फबाट डा. शालिग्राम पराजुली अध्यक्ष तथा डा. भोजराज घिमिरे महासचिवले हस्ताक्षर गरेका हुन्। सीएसआरआईका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा यस पहलको सुरुवात गरिएको हो।
यो समझदारी र सहकार्य केवल सम्मेलन आयोजनासम्म सीमित नभइ नेपालको सूचना प्रविधि क्षेत्रको दीर्घकालीन विकास र ओपनसोर्स र साइबर सुरक्षा क्षेत्रको सुदृढीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।



