डिभी लोटरीको नतिजा सार्वजनिक, विजेताले अक्टोबरदेखि भिसा पाउने

काठमाडौँ । अमेरिकाको सन् २०२६ का लागि डाइभर्सिटी भिसा (इ-डिभी) कार्यक्रमअन्तर्गतको लोटरी नतिजा सार्वजनिक गरिएको छ । अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार न्युयोर्क समयअनुसार शनिबार मध्यान्ह १२ बजे (नेपाली समय अनुसार राति ९:४५ बजे) नतिजा सार्वजनिक गरिएको हो ।

गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म आवेदन दिएका इच्छुक आवेदकहरूले अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइट (dvprogram.state.gov) मार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् ।

छनोटमा परेका आवेदकहरूलाई सन् २०२५ अक्टोबर १ देखि भिसा प्रदान प्रक्रिया सुरु हुनेछ । अमेरिकी नियमअनुसार, सबै विजेताहरूले सन् २०२६ को सेप्टेम्बर अन्त्यसम्ममा आप्रवासन भिसा प्राप्त गरिसक्नुपर्नेछ । तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा नगर्ने विजेता स्वतः अयोग्य ठहरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

इ-डिभी कार्यक्रममार्फत हरेक वर्ष विश्वभरका हजारौं मानिसलाई अमेरिकी स्थायी आवासीय अनुमति (ग्रिन कार्ड) प्राप्त गर्ने अवसर मिल्ने गर्छ । नेपाल पनि सहभागी मुलुकमध्ये एक हो र नेपाली आवेदकहरूको सहभागिता उल्लेखनीय रहँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री