काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस पाटन संयुक्त क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) निकट रोहित कपाली नेतृत्वको प्यानलले जीत हात पारेको छ ।
अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा कपालीले ९०६ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी तीलकबहादुर कुमालले ३६५ मत प्राप्त गरे भने दीपक कुमार रानामगरले १५३ मत ल्याएका थिए । अन्य आठ जना उम्मेदवार सय मत कटाउन समेत असफल भए ।
सचिव पदमा नेविसंघकै रुपक न्यौपाने विजयी बने । उनले ५४७ मत प्राप्त गरे भने नितिन पाण्डेयले ४८६ र टीकाराम खत्रीले ४५६ मत पाए । कोषाध्यक्ष पदमा प्रज्वल तामाङ विजयी भए । उनले ५९२ मत ल्याउँदै अन्य उम्मेदवारलाई पछि पारे ।
यसपटकको निर्वाचनमा नेविसंघको एकछत्र वर्चस्व देखिएको छ । अध्यक्षसहित प्रमुख पदहरूमा स्पष्ट अग्रता लिँदै कपाली प्यानलले बहुमतसहितको जित निकालेको हो ।
कसले कति मत पाए ?





