शुक्रबार नेपाली बजारमा सुन स्थिर, चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा स्थिर रहेको छ । लगातारको मूल्य वृद्धिपछि सुन केही दिनयता स्थिर रहेको देखिएको हो ।

यता, चाँदीको मूल्यमा भने वृद्धि भएको महासंघले जनाएको छ । बिहीबार प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १५ रुपैयाँले बढेर १ हजार ९३० रुपैयाँमा पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री