रेशम चौधरी डिल्लीबजार कारागार चलान

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी डिल्लीबजार कारागार चलान भएका छन् । प्रज्ञा भवन परिसरबाट पक्राउ परेका चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको हो ।

२०७२ भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री