पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको ७७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि प्रोष्टेट क्यान्सर र मिर्गौलासम्बन्धी समस्याबाट पीडित डङ्गोलको शनिबार राति काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो। परिवार स्रोतका अनुसार, उपचारकै क्रममा उनको मृत्यु भएको हो।

विसं २००४ सालमा काठमाडौंमा जन्मिएका डङ्गोल नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति, कोषाध्यक्ष, तथा काठमाडौँ महानगरपालिकाका उपप्रमुख समेत भइसकेका थिए। उनी जनआन्दोलन २०६२/६३ मा काठमाडौं क्षेत्रमा कांग्रेसका कमाण्डरको भूमिकामा रहेका जुझारू नेता मानिन्थे।

उनी विवाहित थिए। डङ्गोलको नाममा स्थापित ट्रस्टमार्फत हरेक वर्ष शिक्षा, पत्रकारिता तथा नेपाल भाषामा विशेष योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिँदै आएको छ।

पूर्वमन्त्री भिमसेन दास प्रधानका अनुसार, दिवंगत डङ्गोलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिनेछ। त्यसपछि टेकू दोभानमा अन्त्येष्टि गरिने छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री