चितवन : ५ महिनामा १ सय ३५ सवारी दुर्घटना, ७४ जनाको मृत्यु

चितवन । सवारी साधनको चाप बढेसँगै जिल्लामा दुर्घटना पनि बढ्दै गएको पाइएको छ। जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १ सय ३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३ सय १७ जना घाइते भएका छन्।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बस दुर्घटनामा १७, ट्रक र ट्याक्टर दुर्घटनामा ४, जिप दुर्घटनामा ३, मोटरसाइकल दुर्घटनामा २८, विभिन्न सवारी साधनको ठक्करबाट ५ साइकलयात्री तथा १७ पैदलयात्रीको मृत्यु भएको छ।

आर्थिक वर्ष २०७४/७५ मा सोही अवधिमा ९६ सवारी साधन दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो भने २ सय ५ जना घाइते भएका थिए।

प्रहरी निरीक्षक गौतमले मोटरसाइकलको ठक्करबाट बढी सङ्ख्यामा मानवीय क्षति हुने गरेको बताए। तीव्र गति तथा सडकमा सवारी साधनको चाप बढेसँगै दुर्घटनाको सङ्ख्या पनि बढ्दै गएको उनकाे बुझाइ छ।

जिल्लामा मासिक एक हजार मोटरसाइकल तथा १ सय साना गाडी बिक्री हुने गरेको तथ्याङ्क छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस