मुक्तिनाथ विकास बैंकको ६१ लाख कित्ता हकप्रद सेयर निष्कासन

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले १० कित्ता हुनेलाई ४ कित्ताको अनुपातमा सेयर निष्कासन गरेको हो ।

यो बैंकले हाल कायम रहेको १ अर्ब ५४ करोड २७ लाख १६ हजार २६० रुपैयाँको चुक्ता पुँजी बढाउन उक्त सेयर निष्कासन गरेको हो । यही साउन १९ गतेसम्म सेयर लिएका सेयरधनीले मात्रै पाउने छन् ।

यसको सेयर आवेदन आगामी भदौ ४ देखि असोज ८ गतेसम्म खुला हुनेछ । एनआईबीएल क्यापिट मार्केट्स, मुक्तिनाथ विकास बैंक र नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढीबाट सेयर अावेदन पाइने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आइएमई मोटर्स र रिलायन्स फाइनान्स बीच ७० % सम्मको सवारी साधन फाइनान्सिंगका लागि सम्झौता

काठमाडौँ । आइएमई मोटर्सले रिलायन्स फाइनान्स बीच ७० % सम्मको सवारी साधन फाइनान्सिंगका लागि रणनीतिक …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds