काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डामा यात्रु बोकेर गुडिरहेको बसमा आगो लागेको छ । सडकमा गुडिरहेको बा प्र०३-०१-००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएर बस पूर्ण रूपमा क्षतिग्रस्त भएको हो ।
थानकोटतर्फ जाँदै गरेको बसको इन्जिनमा आगो सल्किएर पूरै बसमा आगो लागेको थियो । आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाको दमकल बोलाएर आगो नियन्त्रण गरिएको हो । बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
यात्रुहरू भने आगो लागेको देखनासाथ निस्किएर भागेकोले सकुशल छन् । विद्युत्को लाइन सर्ट भएर बसमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
तपाईंको प्रतिकृया




