तीनकुने घटनामा पक्राउ परेका धवल शमशेर रिहा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणा स्वास्थ्य अवस्थाको संवेदनशीलतालाई ध्यानमा राख्दै हाजिरी जमानीमा रिहा भएका छन् ।

राणा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । उक्त झडपमा दुई जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार राणाको मुखमा रहेको क्यान्सर प्रभावित भागमा समस्या देखिएपछि उनलाई उपचार र निगरानीका लागि श्रीमतीको जिम्मा लगाइएको हो ।

आईतबार राति नै प्रहरीले राणालाई हाजिरी जमानीमा रिहा गरेको हो। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महामन्त्री राणाको स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर गरिएको रिहाइलाई सकारात्मक कदम भनेका छन् । साथै उनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित अन्य नेताहरूलाई अझै पनि थुनामा राखिएको भन्दै त्यसलाई अन्यायपूर्ण र अनुचित निर्णयको संज्ञा दिएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप