चुडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश

काठमाडौं  । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । चुडामणिकी पत्नी कल्पना शर्मा उप्रेतीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि बहस जारी रहेकै अवस्थामा सर्वोच्चले उनलाई अख्तियारको हिरासतबाट न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।
‘इजलासले चुडामणि शर्मालाई अख्तियारको हिरासतबाट न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ,’ सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले भने, ‘बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि भने बहस जारी छ, हेर्दाहेर्दै रहेको मुद्दा बुधबार पनि सुनुवाइ हुनेछ ।’
मुद्दामाथि सुनुवाइ जारी रहेकै अवस्थामा सर्वोच्चले शर्माको थुनुवा अवस्था परिवर्तन गरेको हो । शर्मा अख्तियारको हिरासतबाट बाहिर निस्कन निरन्तर प्रयासरत थिए ।

कान्तिपुरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

राजदूत सिफारिस लम्साल र यादवविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई जना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds