महिला हिंसा रोक्न प्रहरीको ‘सेफ्टी पिन’ अभियान

काठमाडौं । सार्वजनिक सवारीसाधनमा महिलाहरुमाथि हुने यौनजन्य हिंसा रोक्न प्रहरीले ‘सेफ्टी पिन’ अभियान सञ्चालन गर्ने भएको छ ।

सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा महिलाहरु यौन हिंसामा पर्ने गरेका घटना बढ्न थालेपछि नियन्त्रणका लागि महानगरीय प्रहरीले अभियान नै चलाउन भएको हो  ।

महिलामाथि हुने यौन हिंसा रोक्न सार्वजनिक गाडीमा तीन जनाको टोली नै खटाइने योजना प्रहरीको छ ।महिलामाथि हिंसा गरेको पाइए त्यहीबाट कारबाही सुरु हुने भएको छ ।

‘सेफ्टी पिन’ अभियानका लागि प्रहरीले यातायात व्यवसायी महासंघ, यातायात व्यवसायी संघ, बागमती अञ्चल समिति र सामुदायिक सेवा उपत्यका समन्वय परिषद् र सामुदायिक सेवा केन्द्रहरुसँग समेत समन्वयन गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मको टिकट बुक

काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएपछि पहिलो दिन धरहरा चढ्नेहरुको भीड लाग्यो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds