काठमाडौँ । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं. ६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि. बीच व्यावसायिक साझेदारीको लागि विशेष छुट सम्झौता भएको छ ।
हिजो मंगलबार एक कार्यक्रमका बिच बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरूलाई लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त समारोहमा गोरखा गार्डन होटल प्रा.लि. का तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि. मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।




