कुमारी बैंकबाट मोबाइल टपअप र फोन पे गर्दा आइफोन १६ जित्ने मौका

काठमाडौं । कुमारी बैंक लिमिटेडले ग्राहक लक्षित नयाँ योजना “टपअप र फोन पे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले साप्ताहिक रुपमा नगद रिचार्ज जित्नेदेखि लिएर बम्पर उपहार स्वरुप नयाँ आइफोन १६ जित्ने अवसर पाउने भएका छन् ।

वैशाख १ गतेदेखि ३१ गतेसम्म लागु हुने यो योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र ५०० रुपैयाँको फोन पे डाइरेक्ट कारोबार मोबाइल बैंकिङ्ग एपमार्फत गर्नुपर्नेछ ।

योजना अवधिमा हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० रुपैयाँको मोबाइल रिचार्ज जित्नेछन् । त्यस्तै, योजनाको समाप्तिमा सहभागी ग्राहकहरूमध्ये एकजना विजेताले बम्पर उपहार स्वरुप नयाँ आईफोन १६ जित्ने अवसर पाउनेछन् ।

कुमारी बैंकले यो योजनामार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्दै मोबाइल बैंकिङ्ग सेवाको पहुँचलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरेको छ । साथै, डिजिटल कारोबारलाई सजिलो, सुरक्षित र भरपर्दो बनाउँदै लैजाने लक्ष्य बैंकले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री