रवि लामिछानेको निवेदनमाथि सर्वोच्चको प्रारम्भिक सुनुवाइ सकियो

काठमाडौं । रवि लामिछानेले दिएको निवेदनमाथि प्रारम्भिक सुनुवाइ सकिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासमा रविको निवेदन माथि सुनुवाइ भएको हो ।

योसँगै सर्वोच्चको फैसला आउन भने बाँकी छ । लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै गत शुक्रवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

रवि पत्नी निकिता पौडेल आफैँ उपस्थित भएर रिट दर्ता गराएकी थिइन् । यसअघि, जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो, तर उच्च अदालतको आदेशले यो धरौटी आदेशलाई खारेज गरिदिएको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको आरोपमा थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको नेतृत्वमा उक्त आदेश जारी भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री