काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ ।
अब प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन्, त्यो पनि घरैबाट, बिना लाइन बसेर, तुरुन्तै आफ्नो खल्ती खाता मै ।
बीमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता खोलिएको नम्बर मिलेमा, प्रयोगकर्ताहरू यो इ-कर्जाको लागि योग्य हुने साझेदारहरू बताउँछन् ।
कागजी पक्रियाको झन्झट, लाइन बस्नुपर्ने झन्झट र अन्य समय खपत हुने पक्रियालाई पार गर्दै तुरुन्तै केही समयमै ५० हजारसम्मको कर्जा रकम खल्तीमा प्राप्त हुने व्यवस्था मिलाइएको हो । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रणालीमा खल्ती प्रत्यक्ष रूपमा जडान भएकाले कर्जाको योग्यता र विवरण खल्ती एपबाटै मापन हुने सुविधा रहेको छ ।
तपाईंको प्रतिकृया



