पर्यटक उद्धारका नाममा यसरी चल्दैछ लुट

काठमाडाैँ । पदयात्रा र पर्वतारोहणमा जाने पर्यटक विरामी भएको बहाना बनाएर हेलिकप्टरबाट उद्धार र उपचारको नाममा लुट धन्दा चलिरहेको छ।

हिमाल आरोहणमा जाने पर्यटकलाई योजनावद्ध रुपमा औषधि खुवाएर विरामी पारी उद्धारका नाममा पैसा असुल्ने गिरोह सक्रिय रहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पर्यटन मन्त्रालयबाट गठित छानविन समितिले पर्यटकलाई विरामी बनाउँदै हेलिकम्पटरबाट उद्धार र उपचारको धन्दा चलाउने गिरोहको पर्दाफास गरेको हो।

विभिन्न हेलिकप्टर कम्पनीले हजारौँ पर्यटकको उद्धार गरेको भन्दै रकम असुल्दै आएका छन्। तर, धेरैजसो हेलिकप्टर कम्पनीसँग बिरामीको विवरण, अस्पतालको ठेगाना समेत छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री