काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन तथा विक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिका लागि वार्षिक ७ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो ।
कुल निष्काशनमध्ये ३० लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट र २० लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणलाई बाँडफाँट गरिनेछ । सर्वसाधारणतर्फको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
लगानीकर्ताले २५ कित्ता न्यूनतम र २५ लाख कित्ता अधिकतम आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा चैत २८ गते हुनेछ भने ढिलोमा २०८२ बैशाख ८ गते हुनेछ ।
बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । क्रेडिट रेटिङ्गमा बैंकले बीबीबीं रेटिङ्ग पाएको छ, जसले मध्यम सुरक्षित लगानी संकेत गर्छ ।
तपाईंको प्रतिकृया




