जानकी फाइनान्सको मुनाफा १६९ प्रतिशतले वृद्धि

काठमाडौं । जानकी फाइनान्स लिमिटेडको आर्थिक वर्ष २०७३/७४को चौथो त्रैमासमा खुद मुनाफा ११ करोड ८३ लाख रुपैयाँ कमाएको छ । याे गत वर्षको सोहि अवधिको तुलनाभन्दा १६९ दशमलव ७२ प्रतिशतले वृद्धि गरेको हो ।

उक्त फाइनान्सले निक्षेपमा २ दशमलव ८५ प्रतिशतले घटेर १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ संकलन गरेर कर्जामा १ अर्ब ३९ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ ।  याे गत वर्षको सोहि अवधिको तुलनामा १६ दशमलव ५१ प्रतिशतले वृद्धि हो । फाइनान्सको खुद व्याज आम्दानी ७२ दशमलव ५२ प्रतिशतले बढेर १५ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

संचालन मुनाफा ३५४ दशमलव ५४ प्रतिशतले बढेर १० करोड २ लाख रुपैयाँ पुगेको छ । फाइनान्सले ४ करोड ६७ लाख रुपैयाँ प्रोभिजन राखिएको छ भने ७ करोड ८६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । जानकी फाइनान्सको निष्कृय कर्जा ६ दशमलव ८३ प्रतिशत रहेको छ भने पुँजी कोषको अनुपात ३९ दशमलव १८ प्रतिशत रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल एजुकेशन लिडरशिप अवार्ड बाट ब्रिटिस कलेजका निर्देशक कँडेल सम्मानित

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)का निर्देशक महेन्द्रराज कँडेल ग्लोबल एजुकेशन लिडरशिप अवार्डबाट सम्मानित भएका …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds