फोनपेमा एकै दिन १० लाख पटक कारोबार

काठमाडौँ । फोनपेले एकैदिन १० लाख बढी क्यूआर कारोबार गरेको छ। गत मार्च ३० मा भुक्तानी नेटवर्क फोनपेले ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ।

कम्पनीका अनुसार यस दिन कुल कारोबार रकम २.६२ अर्ब पुगेको थियो। यसमा भारतीय पर्यटकहरूको पनि उल्लेखनीय योगदान रहेको फोनपेले जनाएको छ। नेपाल-भारत क्रसबोर्डर यूपीआई भुक्तानी प्रणाली प्रयोग गरी भारतीय पर्यटकहरूले ३ हजार ३०० भन्दा बढी कारोबार गरेका थिए। जसको कुल कारोबार रकम ७.६ मिलियन (७६ लाख) पुगेको थियो।

यस प्रविधि एकीकरणले नेपाल भ्रमण गर्ने पर्यटकहरूका लागि भुक्तानी प्रक्रिया सरल बनाउनुका साथै देशभर डिजिटल कारोबारको स्वीकृति बढाउने दिशामा महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप