ल्गातार बढिरहेको सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा ६ सय घटेको हो । चाँदीको मूल्य पनि तोलामा १५ ले घटेको छ ।

मंगलबार प्रतितोला १ लाख ७९ हजार ७ सय कायम भएको सुनको मूल्य आज तोलामा ६ सय घटेर १ लाख ७९ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला २ हजार २० मा कारोबार भएरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार १ सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप