प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रासँग महत्वपूर्ण भेटवार्ता गरेका छन्। यो भेटमा नेपाल-थाइल्याण्ड सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल तथा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्च पदाधिकारी सहभागी थिए। भेटवार्ताअघि, थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राले आफ्नो सरकारी भवनमा ओलीलाई औपचारिक स्वागत गरे।

परराष्ट्र मन्त्रालयका अनुसार यो भेटपछि नेपाल-थाइल्याण्डबीच संस्कृति तथा पर्यटन प्रवर्द्धनलाई थप सशक्त बनाउन सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिनेछ। साथै, गैरसरकारी तथा व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदानप्रदान हुने कार्यक्रम रहेको छ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गर्नेछन्। त्यसपछि, प्रधानमन्त्री ओली आफ्ना समकक्षी शिनावात्राले आयोजना गरेको विशेष दिवभोजमा सहभागी हुनेछन्। साथै, उनले थाइ नरेश महा बजिरालोङकर्नसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम तय गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री