काठमाडौं । मुगुस्थित रारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघकी उम्मेदवार जयलक्ष्मी रावलले शानदार जित हासिल गरेकी छन् ।
निर्वाचन परिणामअनुसार, रावलले ७३ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई स्पष्ट अन्तरले पछि पारिन् । उनका प्रमुख प्रतिस्पर्धी, अनेरास्ववियू र अखिल क्रान्तिकारीका साझा उम्मेदवार रविन मल्लले ४८ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार सुशीलकुमार मल्ल १७ मतमा सीमित रहे ।
यस जितसँगै नेपाल विद्यार्थी संघको प्रभाव रारा क्याम्पसमा मजबुत देखिएको छ ।
तपाईंको प्रतिकृया




