काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् (क्याबिनेट) बैठक बोलाएका छन् । उनले शुक्रबार राति ८ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
राजावादीहरुको उग्र प्रदर्शनपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाहले बताए ।
राजवादीहरु आगजनी र तोडफोड गरेपछि जिल्ला प्रशासन कार्यालय काठमडौंले शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।
तपाईंको प्रतिकृया




