धादिङको हुग्दीखोला पुलबाट ट्रक खस्दा २ जना गम्भीर घाइते

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० स्थित हुग्दीखोला पुलबाट ट्रक खस्दा २ जना गम्भीर घाइते भएका छन । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४७३८ नम्बरको डिब्बा ट्रक जोगीमारास्थित हुग्दीखोला पुलबाट खसेर दुर्घटना भएको जोगीमारा प्रहरीले जानाएको छ । दुर्घटनामा ट्रकका चालक र सहचालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र दिलीप सापकोटा तथा ट्याक्टरमा सवार धादिङका निरज चेपाङ घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री