काठमाडौंका सडकमा बिहान-बेलुका हिँड्नु धातकः विज्ञ

काठमाडाैँ । विहान र बेलुकी हावामा २.५ माइक्रो मिटर र त्योभन्दा कम व्यास भएका हानिकारक धुलोका कण अध्यधिक हुने भएकाले मर्निङ र इभिनिङ वाक नगर्न विशेषज्ञले सुझाब दिएका छन्।

सर्वसाधारणको अत्यधिक चाप हुने काठमाडौँमा अधिकांश स्थान र प्रदेशका प्रमुख शहरमा वायु प्रदूषण मापदण्डभन्दा कयौं गुणा बढी पाइएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

सन् ०१७/०१८ को १२ महिनाको आँकडाअनुसार काठमाडौंको रत्नपार्कमा मापदण्डभन्दा ४ गुणा वढीसम्म पीएम २.५ र त्यो भन्दा साना धुलोका करण रेकर्ड भएको छ।

आँखाले देख्न नसकिने यी कण सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक आनिकारक मानिन्छ।

क्यान्सर समेत निम्त्याउन सक्ने केमिकल मिसिएका यी कणले रक्त सञ्चार प्राणाली र मुटुलाई आघात पुर्याउने स्वास्थ्य अनुसन्धान परिषद्का डा. खेमबहादुर कार्कीले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री