आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स काठमाडौं बाल अस्पताललाई गर्‍यो ३० लाख आर्थिक सहयोग

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई ३० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले स्वास्थ्य संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा कम्पनीका संचालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको उपस्थिति थियो ।

कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्य लिई स्थापना भएको उक्त स्वास्थ्य संस्थाले काठमाडौंको गोल्फुटार, बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले यस्तो पुण्य कार्यमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री