प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार

काठमाडौँ ।  संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिलाई पत्राचार गरेको छ ।

समितिले पत्राचार अनुसार सुनुवाइ प्रक्रियाबारे छलफलका लागि आइतबार प्रारम्भिक बैठक बोलाएको छ । आइतबारको बैठकबाट उजुरी आह्वानसम्बन्धी निर्णय हुनेछ ।

सुनुवाइ समितिका उपसचिव केशव अर्यालले संंवैधानिक परिषद्बाट सुनुवाइ प्रक्रियाका लागि पत्राचार प्राप्त भइसकेको जानकारी दिए । समितिले प्रारम्भिक बैठकबाट प्रस्तावित पदाधिकारीउपर उजुरी आह्वान गर्नेछ । समितिले प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध उजुरी भए समितिमा पेश गर्न १० दिनको समय दिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस