‘के गर्‍यौ तिमीले’ भन्दै योगेशकाजी (भिडियो)

काठमाडौं । गायक योगेशकाजी शाहको स्वरमा रहेको गीत ‘के गर्‍यौ तिमीले’को भिडियो सार्वजनिक भएको छ । सञ्जय विक्रमको शब्द, महेश ज्ञवालीको संगीत र योगेशकाजीकै एरेञ्ज तथा पाश्र्वसंगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आफ्नो मन स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मनोज परियार हुनुहुन्छ । भिडियोमा देव सरकार र करुणा श्रेष्ठको अभिनय छ भने कर्ण कार्की विशेष भूमिकामा हुनुहुन्छ । भिडियोमा एउटा प्रेमिल जोडीबीच प्रेम र शंकाको दोसाँधमा उनिएको कथालाई प्रस्तुत गरिएको छ ।

सुव्रत आचार्यको कन्सेप्ट र निर्देशनमा बनेको म्युजिक भिडियोमा जया शर्मा क्रिएटिभ डाइरेक्टर, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, दीपेन गौतमको निर्माण व्यवस्थापन, माही सिंहको हेयर एण्ड मेकअप छ । भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप