काठमाडौं । मोरङको बक्राखा खोला किनारमा महिला–पुरुष मृत्त अवस्थामा भेटिएका छन् । उनीहरु खोला किनारको रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
मोरङ्गको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा उनीहरु फेला परेको प्रहरीले जनाएको छ । उनीहरु दुवै विवाहित हुन् ।
मृतक युवतीको विवाह भने मोरङको कटरी गाउँपालिकामा विवाह भएको थियो । मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । मृतक अजयको घरमा पत्नी र २ जना छोरा छन् ।
तपाईंको प्रतिकृया




