काठमाडौं । प्रभु बैंक लिमिटेडले दार्चुलामा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ। बैंकले महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा १८ गतेदेखि ३१२औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।
बैंकले शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको जनाएको छ।
बैंकको दार्चुला शाखा कार्यालयको उद्घाटनमा बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति थियो।
यसबाट स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ। दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंक लिमिटेडको सेवा अब देशका ७७ वटै जिल्लामा विस्तार भएको छ।




