नबिल बैंकको ‘यूनियनपे ईन्टरनेशनल’ प्रणाली सुरु

काठमाडौँ । नबिल बैंकले ‘यूनियनपे ईन्टरनेशनल क्यूआर कोड पेमेन्ट सर्भिस’को सुरुवात गरेको छ। ग्राहकको क्यूआर सेवाबाट बैंकसँग आबद्ध नेपाली व्यवसायीले बिद्युतीय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको बिक्रि तथा भुक्तानी लिन सक्नेछन्। ग्राहकले क्यूआर सेवाको प्रयोगबाट बैंकसँग आबद्ध नेपाली व्यवसायीले बिद्युतीय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको बिक्रि तथा भुक्तानी लिन सक्ने बैंकले जनाएको छ।

क्यूआर कोड एक प्रकारको म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) हो। बारकोड मेशिनद्वारा सजिलै पहिचान गर्न सकिन्छ।
रोजगारी सर्भिसेजले बैंकको लागि देश भरिनै क्यूआर मर्चेन्ट नेटवर्क सेवा विकास तथा विस्तार गरेको बैंकको भनाइ छ। कोर्ड मार्फत ग्राहकले मोवाईलबाट सजिलैसँग भुक्तानीको प्रकृया गर्न सक्नेछन्।सेवा युनियनपे इन्टरनेशनल र रोजगारी सर्भिसेजस“गको सहकार्यमा सुरु गरेको बैंकले जनाएको छ।

क्यूआर (कुइक रेस्पोन्स पेमेन्ट सर्भिस)काभुक्तानी सेवा तथा नेटवर्क विकासमा एक अर्काका विषेशज्ञताहरुलाई एकै ठाउँमा ल्याई अझ विकास गर्नमा गठबन्धनले जोड दिने बैंकको दाबी छ।

कोडलाई आफ्नो फोनबाटनै स्क्रयाच गरि आफूले रोजेको सामान र सेवाको भुक्तानी गर्न सक्नेछन्।प्रणालीमो पियोएस टर्मिनलको आवश्यकता र कार्डमा सिधा सम्पर्कको आवश्यक नपर्ने जनाइएको छ। क्यूयार मार्फत गरिने भुक्तानी र सो सम्बन्धी जानकारी ग्राहक स्वयमको मोबाइलमा नै उपलब्ध हुने बैंकको भनाइ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार

काठमाडौं । नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अङ्कले बढेर …

प्रतिकृया दिनुहॊस

This will auto close after