भारु दुई हजार र पाँच सयपछि दुई सयका नोट पनि प्रतिवन्ध

काठमाडाैं । भारु दुई सयका नोट नेपालमा नचल्ने भएको छ । यसअघि भारु पाँच सय र दुई हजारको नोट नेपालमा प्रतिबन्ध लगाइएकोमा अब २ सयका नोट पनि प्रचलनमा नल्याइने भएको हो ।

मन्त्रिपरिषदको बैठकले भारतले हालै ल्याएका २ सयमाथिका नयाँ नोट प्रतिबन्ध लगाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले गरेको सो निर्णयको बिहीबार मात्रै सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयाे । अब भारु २ सय, ५ सय र २ हजारका नोटको कारोबार नेपालमा गैरकानुनी हुनेछ । भारु १ सय वा सोभन्दामुनिका नोटहरु भने चलनचल्तीमा रहनेछ ।

भारतले कालोधनलाई निरुत्साहित गर्न भन्दै पाँच सय र हजारका पुराना नोट विस्थापित गरी नयाँ नोटहरु प्रचलनमा ल्याएको हो । नेपालमा रहेका पुराना नोट सटहीका सम्वन्धमा भारतले चासो दिएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after