नेको इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन, कहिलेसम्म दिन पाइन्छ आवेदन?

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाएपछि भोलिबाट निष्काशन गर्नलागेको हो।

कम्पनीले १ सय अंकित दरका २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँबराबरको २ करोड १ लाख २३ हजार ६ सय कित्ता साधारण सेयरको २५ प्रतिशतले हुने ५० लाख ३० हजार ९ सय कित्ता सेयर निष्काशन गर्नेछ।

उक्त सेयरको लागि भोलिबाट आवेदन दिन मिल्नेछ। हकप्रदमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

हकप्रद निष्काशन गर्नलागेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ८१ पैसा छ भने प्रतिसेयर आम्दानी पनि ३४ रुपैयाँ ०७ पैसा छ। कम्पनीको सञ्चित नाफा भने ५६ करोड ७८ लाख रुपैयाँ छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री