चितवन पुगे रवि, आजै अदालतमा उपस्थित हुने

काठमाडौं । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने चितवन पुगेका छन् । गएराति नै स्थलमार्ग हुँदै चितवन पुगेका हुन् ।

उनी आजै बयानका लागि जिल्ला अदालतका उपस्थित हुने हुनेछन् । ‘उहाँ गाडीबाट नै राति आइपुग्नुभएको हो । तर आजै १० बज्नुभन्दाअघि अदालतमा उपस्थित हुनेछन्,’ रास्वपा जिल्ला सभापति कृष्ण भुसालले भने ।

रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री