‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना अन्तर्गत तिन जना भाग्यशाली विजेताहरुलाई iPhone 16 प्रदान

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरी पठाएका तिन जना भाग्यशाली विजेताहरूलाई आई फोन सिक्सटिन प्रदान गरिएको छ ।

रुमानियाबाट ज्ञानेन्द्र प्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगरले आई फोन सिक्सटिन प्राप्त गरेका छन् ।

आज काठमाण्डौंमा आयोजित एक कार्यक्रममा आइएमईको ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र मार्फत आइएमईका तिन जना भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् ।

यो चाडपर्व “आइएमई गरौँ, उद्यमी बनौँ” योजनाको पहिलो चरणको मासिक उपहार अन्तर्गतको असोज कार्तिक र मंसिर महिनाको आई फोन सिक्सटिन को विजेता छनौट भएको हो ।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले यो चाडपर्व “आइएमई गरौँ, उद्यमी बनौँ” योजना गत असोज २०८१ मा सार्वजनिक गरेको थियो ।

यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये थप ‍३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्न सक्नेछन् ।
दोस्रो चरणको योजना अन्तर्गत “आइएमई गरौँ, उद्यमी बनौँ” योजना यही पौष २०८१ देखि साउन २०८२ सम्म रहने छ जसमा तिन जना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्न सक्नेछन् ।

आइएमई गरी आइएमई पे वालेट,बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन् ।

आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए ।

साथै यो योजनाले डिजिटल माध्यम आइएमई पे मार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री