काठमाडौं । प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालकलाई पक्राउ गरेको छ । चितवन नारायणी नगरपालिका(४ का २५ वर्षीय इनड्राइभर चालक प्रविन बराललाई पक्राउ गरेको हो ।जिल्ला प्र
हरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीकाअनुसार बराललाई काठमाडौंबाट पक्राउ गरिएको हो । इनड्राइभ प्रयोग गरेकी महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै जाहेरी दिएकी थिइन् । चितवनबाट फर्किँदा मुग्लिन बजारमा गाडी बिग्रेपछि राइड सेयरिङमार्फत काठमाडौँ फर्किन खोज्दा ती राइडरले उत्पीडन गरेको पीडितको आरोप छ ।
पीडितले सामाजिक सञ्जाल मार्फत भनेकी छन्, ‘म र १२ वर्षीय बच्चा थियौँ, राइडरले एक घण्टा जति कहीँ बसौँ न भनेर मेसेज गरे ।’ पीडितले भिडियोमा भनेकी छन्, ‘प्रतिवाद गर्दा राइडरले ‘मन मिल्यो भने बसौं’ भन्यो ।’
इनड्राइभकी निर्देशक रिता पोखरेलले रातोपाटीसँग भनिन्, ‘हामीले ड्राइभरलाई हाम्रो प्लेटफर्मबाट हटाएका छौँ, पीडितसँग हामी सम्पर्कमा छौँ ।’



