उद्योग वाणिज्य महासंघले सदस्यहरुलाई भन्यो- स्वदेशी वस्तुको अनिवार्य प्रयोग गर्नू

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सदस्यहरुलाई स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न आग्रह गरेको छ।

स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सम्पूर्ण सदस्यहरूलाई महासंघले आग्रह गरेको हो।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ मसिर २८ गते बैठकबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित हुनु स्वागत योग्य रहेको भन्दै सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न भनेको हो।

सरकारको यो निर्णयबाट स्वदेशी उत्पादन प्रवद्धन गर्न निकै सहयोग पुग्नेमा विश्वास गर्दै महासंघले आफ्ना सबै सदस्यहरुमा सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग गर्न आग्रह गरेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति …

प्रतिकृया दिनुहॊस