एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

काठमाडौं । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि गरे।

‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि ऊ एक दिन प्रहरी थुनामा पर्‍यो’, शाहले भने, ‘चौकीबाट छुटेर आएको अर्को दिन तीन वटै पत्नीलाई तलाक दिएको हो।’ खाँका जेठी र माइली पत्नीबाट ६–६ गरी १२ सन्तान छन्। उनले कार्तिकको दोस्रो साता आफूभन्दा आधा उमेरकी २२ वर्षीया भान्जी सिराजुन निशा जोलाहिनसँग प्रेमविवाह गरे। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नेपालगञ्जबाट शंकरप्रसाद खनालले लेखेका छन्।

बहुविवाहको उजुरीमा थुनिएका खाँले थुनामुक्त हुनासाथ तीन जना पत्नीसँग सम्बन्धविच्छेद गरेका हुन्। १६ कार्तिकमा रमजान अलि अन्सारीले आफ्नी भान्जी सिराजुनलाई खाँले अपहरण गरेर बेपत्ता बनाएको भन्दै इलाका प्रहरी कार्यालय भगवानपुरमा जाहेरी दिएका थिए। १५–२० दिन भारतको बहराइच बसेर घर फर्केको बेला ८ मंसिरमा खाँ प्रहरी नियन्त्रणमा परे। उनलाई एक दिन हिरासतमा राखेको इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्सपेक्टर वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

कान्छी पत्नीले आपूmले राजीखुसी भागेर बिहे गरेको प्रहरीलाई बताएपछि खाँ प्रहरी हिरासतबाट मुक्त भएका थिए। ‘बहुविवाहको जाहेरी पनि परेन। राजिखुसीले बिहे गरेको भन्दा कुनै कारबाही गर्ने कुरै आएन’, इन्सपेक्टर विश्वकर्माले भने, ‘अन्सारीले भान्जीलाई खाँबाट छुटाएर अर्को विवाह गर्न चाहेका थिए। उनीहरू तलाक नै चाहन्थे।’ बहुविवाह गरेको अभियोगमा जेल जाने डरले खाँले कान्छी पत्नीसँग सम्बन्धविच्छेद गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस