लक्ष्मी सन्राइज बैंकको २४ औँ वार्षिक साधारणसभा

काठमाडौँ । लक्ष्मी सन्राइज बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । पौष २४ गते बुधवार लक्ष्मी सन्राइज बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी रु २४ अर्ब ३४ करोड पुगेको बैंकले जनाएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०८०/८१ मा रु ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ । सो आ.व.मा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौँ । कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङ्गको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ …

प्रतिकृया दिनुहॊस