डडेल्धुरामा पोखरीमा डुबेर साढे २ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । धनगढी – डडेल्धुरामा पोखरीमा डुबेर साढे दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो गन्यापधुरा गाउँपालिका–२ कालापानीका गणेश मालीको दुई वर्ष पाँच महिनाकी छोरी रिया मालीको घर नजिकैको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकालाई पोखरीमा डुबेर घाइते भएको अवस्थामा उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो तर चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले बालिकाको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शान्तिप्रक्रिया टुङ्ग्याउन कांग्रेस र एमालेसँग छलफल गर्छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहॊस