काठमाडौं । शिक्षा पत्रकार समूहको पहलमा ‘पढ्ने बानी बसालौँ’ अभियानअन्तर्गत शुक्रबार पुस्तक चर्चा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा लेखक सुधीर शर्मा आफ्ना दुई चर्चित कृतिहरू ‘विश्व, व्यापार र विद्रोहः नेपालको भूट चीन सम्बन्ध र भारत’ तथा ‘हिमालपारिको हुरीः गणतन्त्रपछि फेरिएको नेपाल-चीन सम्बन्ध’का विषयमा चर्चा गरिएको हो ।
कार्यक्रम अनामनगरमा रहेको शिक्षा पत्रकार समूहको सभाहल भएको थियो । कार्यक्रमको प्रस्तुतकर्ता शिक्षा पत्रकार समूहकी अध्यक्ष निरजला कक्षपति थिइन् भने लेखक शर्माले पुस्तकका सन्दर्भमा गहन अन्तर्दृष्टि प्रस्तुत गरेका थिए ।
‘हिमालपारिको हुरी’मागणतन्त्रपछि फेरिएको नेपाल र चीनसँगको सम्बन्धबारे चर्चा गरिएको बताउँदै शर्माले ‘भिक्षु, व्यापार र विद्रोह’मा नेपालको भोट र चीनसँगको सम्बन्धका इतिहास खोतल्ने प्रयास गरेको उल्लेख गरे ।
लेखक शर्माले नेपाल-चीन सम्बन्धलाई कतै पनि नढल्किई स्वतन्त्र आँखाले हेर्ने र तथ्यहरू प्रस्तुत गर्ने जमर्को गरेको बताए । यसअघि प्रकाशित शर्माको किताब ‘प्रयोगशाला’ चर्चित पुस्तकका रुपमा चिरपरिचित छ ।




