काठमाडौं । यामाहा नेपालले इटहरीमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक आयोजना गरेको छ। यो प्रतियोगिता यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना बिक्री विशेषज्ञहरूको सहभागिता रहेको थियो, जसले बिक्री क्षेत्रका आफ्ना सीप र उत्पादन ज्ञानको प्रदर्शन गरे।
प्रतियोगितामा सहभागी हुनका लागि डिलरशिपका प्रतिनिधिहरूले अटो बेसिक, प्रोडक्ट, कम्पिटिसन र सेल्स प्रोसेससम्बन्धी प्रशिक्षण लिएका थिए र त्यसपछि यी सबै क्षेत्रमा उनीहरूको दक्षता मूल्याङ्कन गरिएका थिए। यसरी छनोट भएका ११ जना प्रतिस्पर्धीले एकद्वार प्रतिस्पर्धात्मक परीक्षणमा भाग लिएका थिए । जसमा केवल उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारहरूलाई प्रतिस्पर्धामा सहभागी हुन अनुमति दिइएको थियो।
प्रतियोगिताको समापनसँगै विजेताहरूको घोषणा गरिएको थियोः
विजेताः चुडामणि आचार्य, बि ७ बि अटो ट्रेडर्स, विराटचोक
पहिलो रनर (अप)ः कृतिका घिमिरे, जेनिशा अटोमोबाइल ट्रेडर्स, फत्तेपुर
दोस्रो रनर(अप)ः मिरा सापकोटा, पाथीभरा अटो प्यालेस, इलाम
प्रतियोगितामा मेची कोशीका यामाहा डिलरशिपहरूको उत्साहजनक सहभागिता देखिएको थियो, जसले समग्रमा उत्कृष्ट प्रतिस्पर्धा सिर्जना गर्यो। विजेता, पहिलो रनर अप र दोस्रो रनर अप अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्नेछन्।
यस अवसरमा यामाहा नेपालका क्षेत्रीय बिक्री प्रबन्धक रबिन श्रेष्ठले विजेता, पहिलो रनर अप र दोस्रो रनरअपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे। उनले सबै सहभागीहरूको समर्पण र कडा परिश्रमको प्रशंसा गर्दै भने, “यामाहा सधैं आफ्नो टिमका सदस्यहरूलाई उत्कृष्ट बन्न आवश्यक पर्ने सीप र ज्ञानमा सशक्त बनाउनेमा विश्वास गर्दछ। यस प्रतियोगिताले निरन्तर सिक्ने र उत्कृष्टताको संस्कृतिलाई बढावा दिनेछ।”
प्रतियोगितामा सहभागी सबैलाई ब्रान्डको मूल्य प्रति प्रतिबद्धताको मान्यता स्वरूप प्रमाणपत्र प्रदान गरियो। यामाहाले भविष्यमा अन्य क्षेत्रहरूमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ।




