बिहीबार ४.६३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । अघिल्लो कारोबार दिन बुधबार ५.१० अंकले बढेको बजार आज ४.६३ अंकले बढेर २ हजार ५५८६.२३ विन्दुमा बन्द भएको हो ।

बिहीबार ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये १५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ । बाँकी रहेका ११ कम्पनीको शेयरमूल्य स्थिर छ ।

आज ङादी हाइड्रोपावर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भएको छ। कम्पनीको ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप