काठमाडौं । नेपाल प्रहरीमा दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले कुबेर कडायत र रबिन्द्र केसीलाई एआईजी बढुवा गर्न सिफारिस गरेको हो ।
एआईजीमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा र केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन् । एआइजी किरण बज्राचार्य र भरत बोहरा अवकाशमा गएसँगै दुई पद रिक्त भएका थिए । ती पद पूर्तिका लागि समितिले बढुवा सिफारिस गरेको हो ।
प्रतिकृया दिनुहॊस