काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत (लाइसेन्स) खारेज गरेको छ । नमस्ते रेमिट इन्टरेनशनल प्रालि (नयाँ बानेश्वर), मोर्डन रेमिट्यान्स प्रालि (कमलपोखरी), र भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) का लाइसेन्स खारेज गरिएको हो।
यी कम्पनीहरूले विप्रेषण कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिएका थिए। तर, यी कम्पनीहरूले लिएको इजाजतपत्र राष्ट्र बैंकको विप्रेषण विनियमावली २०७९ (प्रथम संशोधनसहित) अनुसार खारेज हुने बताइएको छ।
कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी दिन पनि भनेको छ ।

तपाईंको प्रतिकृया



