केरूङ-काठमाडौं रेल मार्ग : आज चीनसँग वार्ता हुँदै

काठमाडौँ । काठमाडौं रेलमार्गबारे आज (सोमबार) नेपाल र चिनियाँ अधिकारीहरूबीच वार्ता हुँदैछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहान ११ बजे हुने वार्तामा दुबै देशका दुई दर्जन बढी अधिकारीहरू सहभागी हुनेछन्।

नेपाली पक्षको नेतृत्व मन्त्रालयका सचिव मधुसुदन अधिकारीले गरेका छन्।  वार्ताका लागि चीनको राष्ट्रिय रेल प्रशासनका १५ जना अधिकारीहरू आइतबार नेपाल आएका छन्।

मन्त्रालयमा हुने वार्तामा यसअघि चिनियाँ पक्षले गरेको रेलमार्गको पूर्वसम्भाव्यता बारे विस्तृत प्रतिवदेन दिने बताइएको छ। प्रारम्भिक अध्ययनको रिपोर्टमा ७२.२५किलोमिटर लामो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रूपैयाँ लाग्ने र ९ वर्षमा बनाउन सकिने उल्लेख गरिएको थियो।

रेलमार्ग कुन आर्थिक मोडलमा बनाउनेबारे भने आजको बैठक छलफल हुनेछैन। ‘डिपिआरका विषयमा कुराकानी हुन्छ कि,’ रेल विभागमा महानिर्देशक बलराम मिश्रले भने।

आज वार्ता सकेर चिनियाँ टोली केही दिन फिल्ड भिजिटका लागि रसुवागढी र पोखरा पनि जाने कार्यक्रम छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप