डिजिटल सर्भिसेज आईसीटी पुरस्कारबाट आईएमई पे सम्मानित

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे आईसीटी अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित भएको छ।

पुस ५ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको आईसीटी अवार्ड कार्यक्रममा आईएमई पे डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२४ बाट सम्मानित भएको हो।

आईसीटी अवार्डले नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई सम्मानित गर्दछ।

आफ्नो नवीन र प्रयोगकर्तामैत्री प्लेटफर्ममार्फत आईएमई पेले डिजिटल भुक्तानी लगायतका विभिन्न वित्तीय सेवाहरु प्रयोग गर्ने तरिकामा उत्साहजनक परिवर्तन ल्याएको छ।

यो प्रतिष्ठित अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आईएमई पेको महत्वपूर्ण योगदानलाई सम्मान गरेको छ।

‘डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२४ बाट सम्मानित हुन पाउदा हामी निकै गौरवान्वित भएको छौँ । यो पुरस्कार आईएमई पेमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको परिश्रम , समर्पण र हाम्रा साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो’, आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री