निगमको उडानमार्फत हङकङबाट नेपाल आएका यात्रुको मृत्यु

काठमाडौं । हङकङबाट नेपाल वायुसेवा निगमको जहाजमा काठमाडौं आएका एक यात्रुको मृत्यु भएको छ । हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत भएका ताप्लेजुङका देउमान लिम्बुको मृत्यु भएको हो ।

निगमको आरए ४०१ उडानमार्फत हङकङबाट काठमाडौं आउने क्रममा उनी अचेत भएका थिए । काठमाडौं अवतरण गराउने बित्तिकै उनलाई अस्पताल लगिएको थियो । तर, उनलाई केएमसी अस्पतालले मृत घोषणा गरेको हो ।

निगमको इन्जिनियरिङ मर्मत विभागका उप निर्देशक मनोज कुमार साहले यात्रुको मृत्यु भएको पुष्टि गरे । ‘जहाजमै अचेत भएको भनिएको छ, उनलाई काठमाडौं पुग्ने बित्तिकै अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको हो,’ उनले भने, ‘शव आफन्तलाई जिम्मा लगाइ सकिएको छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री